प्रहरीको मानव बेचबिखन ब्यूरोद्धारा संगीत उद्योग संघको कार्यालयमा छापा

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १४:५० मा प्रकाशित

काठमाण्डु, ५ भदौ – काठमाण्डुको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको छ ।

बुधबार दिउँसो छापा मार्न अनामनगरस्थित संघको कार्यालयमा गएको अनुसन्धान व्युरोको टोलीले संघको कार्यालयबाट केही कागजातसहित कम्प्युटर पनि बरामद गरेर लगेको छ ।

नक्कली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको सूचना अनुसन्धान व्युरोमा आएका आधारमा नै संगीत संघको कार्यालयमा प्रहरीले छापा मारेको र अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ ।

अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी ओम रानाका अनुसार ‘संघका पदाधिकारीहरुको रोहबरमा नै संघको कार्यालयमा प्रहरीले छापा मारेको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us