२ करोडमाथि भ्रष्टाचार गर्नेलाई जन्म कैद गरौँ: सांसद कार्की

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १४:१९ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– राप्रपाकी सांसद रोशन कार्कीले २ करोडमाथिको भ्रष्टाचार गर्नेहरूलाई जन्मकैद सजायको व्यवस्था गर्नुपर्ने बताएकी छन । आज बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन ।

उनले पाँच हजार भ्रष्टाचार गर्ने र अर्वौ भ्रष्टाचार गर्नेलाई उस्तै कारबाही हुन नहुने पनि बताएकी छन । उनले भ्रष्टाचार नियन्त्रणमा राजनीतिक प्रतिबद्वता हुनुपर्नेमा जोड दिइन् ।

उनले भ्रष्टाचार मुद्दामा कुनै पनि हद म्याद राख्न नहुने माग समेत गरेकी छन । हदम्याद राख्यौ भने भ्रष्टाचार गर्ने ऐन हुने उनको तर्क छ । उनले निजी क्षेत्रलाई अख्तियार मातहत राख्न नहुने बताइन् । सतर्कता केन्द्र भर्ती केन्द्र बनाउने काम भएकोमा पनि उनले आपत्ति व्यक्त गरेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us