हुम्लाको चङ्खेलीमा जिप दुर्घटना हुँदा ५ जना घाइते

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १४:०३ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– हुम्लाको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ५ घाइते भएका छन् । कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ जाने क्रममा मुगु सडकको गौरीसल्लामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन ।

जिपमा चालकसहित सातजना सवार भएकोमा पाँच जना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य रहेको उनले जानकारी दिए । दुर्घटनामा सख्त घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही, मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२ का मायादेवी शाही सामान्य घाइते भएका पनि प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरेको हो । जिप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us