दाङमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– दाङमा इनार सफा गर्न भित्र छिरेका दुई जनाको निसासिएर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु बुधबार बिहान साढे १० बजेतिर दमारगाउँकै दुर्गा विकको इनार सफा गर्न भन्दै भित्र प्रवेश गरेका थिए । बाहिर निस्कन नसकी निसासिएको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तलुसीपुरबाट खटिएको टोलीले उनीहरुलाई इनारबाट निकालेको प्रहरीले जानकारी दिएको छ ।

उपचारका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको ११ बजे बिहान चिकित्सकले मृत घोषणा गरेको दाङका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us