काठमाण्डु, ५ भदौ– पोखराबाट काठमाण्डुका लागि उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट गरीएको छ ।
पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाण्डु उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थल स्रोतले जानकारी दिएको छ । साढे ७ः २५ मा उड्ने तय भएको जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाण्डु उठेको स्रोतले जानकारी दिएको छ ।
तर, काठमाण्डुको मौसम खराबीका कारण करिब २० मिनेर आकासमा घुमेर भैरहवा अवतरण गरीएको स्रोतले जानकारी दिएको छ । वुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाण्डुका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिएकी छन ।
अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाण्डुको मौसम खुलेलगत्तै उडान हुने जानकारी दिइएको यात्रु टीका रेग्मीले जानकारी दिएकी छन । काठमाण्डुमा अवतरण नभएपछि भैरहवा डाइभर्ट गरेर १०ः २० मा भैरहवामा ल्याण्ड भएको रेग्मीले जानकारी दिए ।
पोखराबाट उडान भर्ने बेला काठमाडौं मौसम ठिकै देखिए पनि पछि खराबी आएको विमानस्थल स्रोतले जानकारी दिएको छ । बिहान पोखरा विमानस्थलबाट २ वटा बुद्ध एयरको जहाज काठमाडौंका लागि उडेको थियो ।
त्यसमध्ये एउटा ल्याण्ड भएको छ भने अर्को भिजिविलिटीका कारण अवतरण गर्न नसकी भैरहवा ल्याण्ड भएको हो ।त्यसयता पोखरा विमानस्थलबाट कुनै पनि भएको छैन ।
पोखरा विमानस्थलका अनुसार भिजिविलिटीका कारण उडान र अवतरण दुबै ठप्प भएको छ । अझै केहीबेर विमानस्थल खुल्ने अवस्था नरहेको बताइएको छ ।