योगी पाइलट बाबाको निधन

काठमाण्डु टुडे २०८१ भदौ ४ गते १८:१७ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिँउसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्रले जानकारी दिएका छन ।

पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको डा. मिश्रले जानकारी दिएका छन । ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए ।

पछिल्लो समय छातीमा खराबी देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने डा. मिश्रले जानकारी दिएका छन ।

पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा पनि उनको निधन भएको उल्लेख गरिएको छ र अनुयायीहरुलाई शान्त रहन अपिल गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us