विदेशमा आर्जित रकम विदेशी बैंकमै राख्न चाहे राष्ट्र बैंकको अनुमति लिनुपर्ने

काठमाण्डु टुडे २०८१ भदौ ४ गते १४:२८ मा प्रकाशित

काठमाण्डु,४ भदौ नेपाल राष्ट्र बैंकले नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म आर्जन गरेको रकम विदेशस्थित बैंकमा राख्न चाहे नेपाल राष्ट्र बैंकलाई ३५ दिनभित्र जानकारीसहितको निवेदन दिनुपर्ने भएको छ।

राष्ट्र बैंकले मंगलबार जारी गरेको वित्तीय चेतनामूलक सूचनामा विदेशमा काम गर्दा आर्जित रकम खाता खोलेर जम्मा गर्न सक्ने भए पनि त्यस्तो रकम नेपाल फर्किइसपछि विदेशमै राख्न चाहे स्वीकृति लिनुपर्ने भनि उल्लेख गरेको हो ।

‘विदेशी विनिमय नेपालमा फर्किइसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था गर्नुपछ। तर, व्यक्ति नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी बिदेशी बैंकमा कायमै राख्न चाहे सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंकमा ३५ दिनभित्र निवेदन दिनुपर्छ,’ राष्ट्र बैंकको वित्तीय चेतनामूलक सूचनामा भनिएको छ।

विदेशी विनिमय ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था अनुसार ‘कुनैपनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनैप
नि किसिमको लगानी प्रतिबन्ध लगाएको ’ राष्ट्र बैंकले बताएको छ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us