काठमाण्डु, ४ भदौ– प्रहरील दाङबाटे मोटरसाइकल चोरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बस्ने विष्णु चौधरी, देवदास देवकोटा, श्रीजन रिजाल र शिशिर खड्का रहेको प्रहरीले जानकारी दिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवा स्थित नर्सरीमा चोरीको मोटरसाइकलको पाटपुर्जा निकाल्दै गरेको अवस्थामा उनिहरु पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
आरोपीहरुले रा.८प. ३३५८ नम्बरको पल्सर र रा.६प. ७७४१ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिएका छन । घटनाबारे ईलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।