काठमाण्डु, ४ भदौ– प्रहरील विराटनगरबाट खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएका ३९ वर्षीय राजन बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाँटबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ ।
आरोपीको साथबाट प्रहरीले १ ग्राम ३८ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । उनी भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।