काठमाण्डु, ४ भदौ– बुटवलमा स्कुटर विपरीत दिशाबाट आउँदै गरेको बलेरो र मोटरसाइकल एक आपस ठक्कर खादाँ एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ वर्षिय शुष्मा श्रेष्ठ रहेकी छन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ।
इलाका प्रहरी कार्यालय बुटवल अनुसार अनुसार लु ८७ प ४५७३ नम्बर स्कुटर विपरीत दिशाबाट आउँदै गरेको १ च ६७८३ नम्बरको बलेरो र शान्ति चोकबाट निस्केको नम्बर नखुलेको मोटरसाइकल एक आपस ठक्कर खाएका थिए ।
स्कुटर बलेरोमुनि पस्दा श्रेष्ठ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठलाई बुटवल १२ शान्तिचोकमा नम्बर नखुलेको मोटरसाइकले ठक्कर दिएको र मोटरसाइकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिइन् ।
उनको उपचारका लागी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। बलेरो चालक प्रहरी नियन्त्रणमा छन् भने ठक्कर दिएर फरार रहेका मोटर साइकलको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।