७४ जिल्लामा फैलियो डेंगु

काठमाण्डु टुडे २०८१ भदौ ४ गते ११:४३ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– हाल देशभरका ७७ मध्य ७४ जिल्लामा डेंगु रोगको सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो ।

देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित रहेको पनि महाशाखाले जानकारी दिएको छ । सङ्क्रमित मध्ये माघ यता सो सङ्ख्यामा डेंगु सङ्क्रमण देखिको छ ।

तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको पनि महाशाखाले जानकारी दिएको छ । मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us