गाईजात्रामय बन्यो वसन्तपुर

काठमाण्डु टुडे २०८१ भदौ ४ गते १०:३८ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– काठमाण्डु उपत्यकामा हरेक वर्ष गाईजात्रा विशेष हुने गरेको छ । दिवङ्गत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाउने गरेका छन ।

काठमाण्डु उपत्यकामा नेवार समुदायको बाहुल्यता भएकाले पनि यहाँ यो पर्व विशेष हुने गर्दछ । आज गाईजात्राको दिन वसन्तपुर र हनुमानढोका क्षेत्रमा यसैगरी गाईजात्रा मनाइएको छ ।

बालबालिकालाई गाईको नक्कल गर्न लगाई नगर परिक्रमा गराउने प्रचलन पनि रहेको छ । साथै, कसैले गाई र कसैले बालबालिकालाई जोगीको भेष वा अनौठो भेषभुषामा नगर परिक्रमा गराउने गर्दछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us