मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्यो

काठमाण्डु टुडे २०८१ भदौ ४ गते १०:३० मा प्रकाशित

काठमाण्डु, ४ भदौ– चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खसेको छ । कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति पुगेक ।

चितवनको ईच्छाकामना गाउँपालिका–५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं. को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुंगा खसेको प्रहरीले जानकारी दिएको छ ।

कारमा सामान्य क्षति भएको छ भने अन्य केही नभएको पनि प्रहरीले जानकारी दिएको छ । कार भरतपुर महानगरपालिका–२ बस्ने सन्तोष कचिलाले चलाइरहेका थिए । अहिले सडक सञ्चालनमा छ ।

कार आफ्नो गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ । गएराति देखि नै चितवनसहितका आसपासका क्षेत्रमा पानी परिरहेको छ । सावधानी अपनाएरमात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us