
काठमाण्डु,४ भदौ- लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले सरकार विरुद्ध मंगलबारदेखि पुनः आन्दोलन गर्ने भएको छ ।
सरकारसँग भएका पटक पटकका सहमतिबाट पनि पूर्णरुपमा समस्याको हल नभएको भन्दै समितिले देशव्यापी आन्दोलन थाल्ने घोषण गरेको हो । सरकारले समस्या समाधानको ललिपप देखाउने र लघुवित्तले जनस्तरमा लुट मच्चाउने धन्दा अहिले पनि चलाइरहेकोले संघर्षका कार्यक्रम अघि बढाएका हौं संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले जानकारी दिए ।
६८ जिल्लामा शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारीले बताए । स्थानीयदेखि केन्द्रसम्मकै लघुवित्तीय संस्था, बैंक र बेथिति मच्चाउने सहकारीहरूको बिरूद्दमा केन्द्रित रहने गरि विरोध प्रदर्शनसहितका कार्यक्रम शुरु गर्ने सरंक्षक अधिकारीले जनाएका छन ।