जसले दाजु कामका गएका बेला डेरामा साथी बोलाएर भाउजुमाथि बलात्कार गर्न लगाए…

काठमाण्डु टुडे २०८१ भदौ ३ गते १९:१८ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– ललितपुरको सानेपामा महिलामाथि बलात्कार प्रयास भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले रौतहट घर भएकी एक महिलामाथि गत २१ असारमा सामूहिक बलात्कार प्रयास भएको जनाएको छ । प्रहरीले बलात्कार प्रयास गर्नेलाई पक्राउ गरेको छ ।

बलात्कार प्रयास गर्नेमाथि ललितपुर प्रहरी परिसरले जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गरेको छ । प्रहरीका अनुसार ३१ असारको साँझ ती महिला रौतहटबाट श्रीमानको डेरामा आएकी थिइन् । उनी आइपुग्दा श्रीमान श्रमका लागि बाहिर गएका थिए ।

डेरामा देवर मात्र थिए । केही समयपछि अरु दुईको प्रवेश भएको र उनीहरुले बलात्कार प्रयास गरेको बताएकी छन् । बलात्कार गर्न खोज्नेलाई पीडित महिलाकी देबरले समेत सहयोग गरे ।

बलात्कार प्रयास गर्ने रौतहट विश्रामपुरका ३२ वर्षीय सचिन यादव, परोहा नगरपालिका–४ घरका २२ वर्षीय विपुल यादव र पीडितका देवर फरार छन् । बलात्कारबाट जोगिन प्रतिकार गर्दा महिलाको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।

ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी शेखर खनालले पीडितको मेडिकल जाँच गरिएको बताए । उनका अनुसार जबरजस्ती करणी उद्योगको कसुरमा जाहेरी दर्ता गरेर फरार रहेका आरोपीको खोजी जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us