सिन्धुपाल्चोक, ३ भदौ– सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा सोमबार सुख्खा पहिरो गएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सोमबार सूचना जारी गर्दै सुख्खा पहिरो खसेको बताएको हो । पहिरोका कारण इन्द्रावती बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।
पहिरोले इन्द्रावती नदीको बहावमा अवरोध सिर्जना भएको छ । नदी थुनिएर एक्कासी खोलिएमा पाँचपोखरी थाङपाल गाउँपालिका ७ र ८, मेलम्ची नगरपालिका ७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिकाको १०, ११ र १२ नम्बर वडाका तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई प्रशासनले उच्च सतर्कता अपनाउन भनेको छ ।