काठमाण्डु, ३ भदौ– भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार साँझ साढे ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ ।
उनले सोमबार दिउँसो मोदीलाई भेट्ने भनिएपनि मोदीको कार्यव्यस्तताका कारण साँझ भेट्नेगरी तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भेट हैदरावाद हाउसमा हुने पनि स्रोतले जानकारी दिएको छ । भेटका क्रममा राणाले आपसी चासोका विषयमा छलफल गर्ने तयारी गरेकी छन् ।
सोमबार नै राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरिसकेकी छन् । द्विपक्षीय भेटवार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।