काठमाण्डु, १ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शनिबार दुई जनाबीच सरकारका कामकारबाहीका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।
यसबारे प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमार्फत पनि जानकारी दिएका छन । दुई जनाबीच राजनीतिक विमर्श, सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा कुराकानी भएको उक्त पोष्टमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमा लेखेका छन, ‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए ।’