प्रधानमन्त्री ओलीले गरे ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन

काठमाण्डु टुडे २०८१ भदौ १ गते १५:५९ मा प्रकाशित

काठमाण्डु, १ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज शनिबार भर्चुअलरुपमा सम्बोधन गरेका छन ।

यस क्षेत्रका करिब १५ राष्ट्र प्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्विट गर्दै यस महत्त्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई समेत दिएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौँ, जसले सबैलाई लाभ दिनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us