काठमाण्डु, ३२ साउन–भारतका सीमा सुरक्षा बलका महानिर्देशक एवं बोर्डर सेक्युरिटी फोर्सका प्रमुख दलजितसिंह चौधरी नेपाल आउने तयारी गरेका छन ।
नेपाल–भारत सीमा सुरक्षासम्बन्धी हुन लागेको आठौँ बैठकमा भाग लिन उनी भदौ ६ गते नेपाल आउन लागेका हुन । सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन ।
दुई दिनसम्म उनी नेपालको भ्रमण गर्ने बताइएको छ । बैठकपछि विभिन्न उच्चस्तरीय भेटघाट पनि रहेको छ ।