बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउँदै राधिका, प्रधानमन्त्री ओलीले मागे सहयोग

काठमाण्डु टुडे २०८१ साउन ३२ गते १२:०० मा प्रकाशित

काठमाण्डु, ३२ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गरेकी छिन् ।

बालुवाटारमा खाली रहेको पुस्तकालयको कोठालाई पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई सघाउन आग्रह समेत गरेका छन ।

ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ ।

लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ । तपाईँहरू पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छु ।’

पुस्तकालयका लागि शाक्यले हप्तामा ६ दिन एक एक घण्टाको समय छुट्टाउने पनि बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us