काठमाण्डु, ३१ साउन– भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिई ठक्कर दिएपछि तनावको अवस्था सिर्जना भएको छ । कौशलटारबाट गठ्ठाघरतर्फ गएको ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले स्कुटरलाई लछारेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिएका छन ।
दुर्घटनापछि सडकमा स्थानीयहरू भेला भएर ट्रकमुनि पुगेका स्कुटर चालकलाई निकाल्न दिएका छैनन् । स्कुटर नम्बर ८९४४ का चालकलाई ट्रकले लछारेको र उनी ट्रकमुनि पुगेका छन् ।
चालकको थप अवस्थाबारे प्रहरीले पुष्टि गरेको छैन । दुर्घटनापछि स्थानीय प्रहरी र ट्राफिक प्रहरी घटनास्थलमा पुगेका छन् ।