आज दुईवटा संसदीय समितिका सभापति चयन हुँदै

काठमाण्डु टुडे २०८१ साउन ३१ गते १४:२० मा प्रकाशित

काठमाण्डु, ३१ साउन– आज बिहिबार संघीय संसदको दुईवटा संयुक्त समितिका सभापति चयन गरिँदै छ । संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति आज चयन गर्न लागिएको हो । समितिका सभापतिका लागि बुधबार नै उम्मेदवारी दर्ता भइसकेको छ ।

संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयांकन समितिमा एमालेका ठाकुर गैरेले उम्मेदवारी दर्ता गराएका छन् ।

दुवै समितिको बैठक आज दिउँसो तीन बजे छुट्टाछुट्टै बस्दैछ । दुवै समितिको सभापतिका लागि एकल उम्मेदवारी परेकोले उनीहरु आजै निर्वाचित हुने भएका छन । हाल यी समितिका बैठक बस्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us