काठमाण्डु, ३१ साउन– उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले जानकारी दिएका छन ।
उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार नहुने गरी बिदा दिइएको पनि पराजुलीले जानकारी दिएका छन ।
उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको उनले जानकारी दिए । न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए । उनी केही समय देखि उपचाररत थिए ।