काठमाण्डु, ३० साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ०५४ सालदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युद्धसँग जोडिएका विषयमा लगातार संवाद भएको खुलासा गरेका छन ।
आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा पूर्वप्रधानमन्त्री नेपालले यस्तो बताउका हुन । उनले ०५६ मा पटनामा पहिलो पटक प्रचण्डसँग बैठक बसेको बताएका छन । उनले भने, ‘०५७ साल वैशाख ७ गते दिल्लीमा दोस्रो भेट भयो, ०५७ कात्तिक २ मा पटनामा, ०५८ वैशाख १३ गते गोरखपुरमा भेट भएको थियो’, नेपालले भने, ‘गोरखपुर घटनाका सम्बन्धमा हिसिला यमीले के भन्नुभएको थियो स्मरणमा आउँछ ।
०५८ साउन ३१ सिलगुढीमा भयो ।’ सिलगढीमा आफूले प्रचण्डलाई १० बुँदा पढेर सुनाएको भन्दै न्यायपूर्ण युद्ध गर्नुछ भनेपनि अनुचित काम नहोस् भनेर सम्झाएको पनि बताए ।
उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कुरा गर्दैगर्दा ६३ हजारभन्दा बढी मुद्दा दर्ता भएको भन्दै गम्भीर अपराध ठानिएका केसलाई कसरी लिने, कसरी पीडितलाई न्याय दिने भनेर सोच्नुपर्ने बताए ।
उनले १२ बुँदे सहमतिका सवालमा कतिपयले भारतले गराएको भनेर भन्ने गरेपनि त्यसमा सत्यता नभएको दाबी समेत गरेका छन । उनले थपे, ‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन ।
मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ, ‘जब शान्ति प्रक्रियामा हस्ताक्षर भयो त्यसमा हामी सहभागी भएकालाई पनि साक्षी राख्नुस् भन्दा सानो चित्त भएकाले राखेनन् ।’
उनले त्यसबेला आफू रिसाएपछि गिरीजाबाबु र प्रचण्डले बोलाएपछिमात्र सहभागी भएको पनि बताएका छन । उनले संविधान संशोधनको कुरा गरेर मध्यरातमा हस्ताक्षर गरेको भन्दै नेपालमा दुई दलीय व्यवस्था आउन नदिने बताएका छन ।
उनले भने, ‘के छलफल गर्नुपर्दैनथियो, मध्यरातमा हस्ताक्षर गर्ने हो रु दुई दलीय शासन ल्याउन खोजेको हो रु नेपालमा दुई दलीय शासन आउन सक्दैन, ‘आउन हामी दिँदैनौँ ।’ बहुदलीय व्यवस्था आफूहरूले ल्याएको भन्दै नेपालले यस व्यवस्थालाई अझै समृद्ध बनाउन चाहने बताएका छन ।