काठमाण्डु, ३० साउन– पूर्व प्रधामन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक कानुनमा परिणत भएपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने बताएका छन ।
आज (बुधवार) बसेको प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । उनले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने बिन्दुमा अन्तर्राष्ट्रिय जगतले समेत नियालिरहेको पनि बताएका छन ।
उनले विभिन्न अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढाइएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न लागि परेको बताएका छन ।
उनले त्यसक्रममा उनले यसअघि सबै दलहरू एक ठाउँमा उभिएर राम्रो संविधान बनाएको भन्दै अब उक्त संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताएका छन ।