काठमाण्डु, ३० साउन– अबिरल वर्षासँगै गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्व भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा पहिरोसँगै खसेको ढुंगाले दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ ।
सोही ठाउँ नजिकै मौवाखोलामा पनि पहिरो खसेर बिहान ७ बजेदेखि सवारी आवागमन अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । पहिरो पन्छाएर यातायात सुचारु गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
पहिरोका कारण चितवन र पोखराबाट आउने र काठमाण्डुबाट त्यसतर्फ जाने सवारी साधनको दुईतर्फ लाइन लागेको छ ।