काठमाण्डु, २९ साउन– आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले बोल्दै गर्दा सभामुख देवराज घिमिरेले बिचमै रोकेपछि संसद्मा विवाद भएको छ ।
सभामुखले ढकालले सडक यातायातमा हुने दुर्घटना सडकको अवस्थाले मात्र नभई भ्रष्टाचारका कारण पनि भएको भन्दै आफ्ना कुरा विशेष समयमा राखेका थिए ।
उनले आफ्नो कुरा राखेर विद्युत् प्राधिकरणमा भ्रष्टाचार भएको भनी प्रश्न उठाउन थालेपछि सभामुखले रोकेका थिए । सभामुखले उनलाई रोकेपछि रास्वपा सांसदहरूले बोल्न नदिइएको भन्दै उठेर विरोध सुरु गरे ।
विवादपछि सभामुखले पार्टी सभापति रवि लामिछानेलाई बोल्न दिएका थिए । लामिछानेले ढकाललाई नै बोल्ने समय भएकाले उनलाई नै दिनुपर्ने माग गरेका छन् ।
सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वादविवाद भएको हो ।