काठमाण्डु, २९ साउन– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनतामा पनि बंगलादेश झैँ आक्रोश रहेको तर तत्काल युवा नभएकाले सडक आन्दोलन नहुने दाबी गरेका छन ।
आज मंगलबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेपाली शासकहरूको सौभाग्य देशमा युवाहरू नभएकाले सडक आन्दोलन हुन नसकेको दाबी गरेका छन ।
उनले भने,बंगलादेशको घटनाले सबैको मनमा चिसो पसेको छ । मैले त्यसअघि नै भन्दै आएको छु । सत्ता र शक्तिमा बस्दा जे गर्दा पनि हुन्छ । सत्तामा बसेर मात्र जोगिन्छु भन्ने कुराबाट होसियार हुनुहोस्, ‘ बंगलवादेशको बाढी नेपालमा पस्ला होस् गरौँ ?’
उनले नेताहरूप्रति नेपाली जनतामा व्यापक आक्रोश रहेको तर अहिले युवा नभएकाले आन्दोलन पनि नहुने बताएका छन । उनले थपे, ‘सडक आन्दोलन गर्नेहरू विदेश गएकाले अहिले भाग्यले साथ दिएर सडकमा आन्दोलन गर्ने विद्यार्थी छैनन्, ‘अव अहिले शासकहरूलाई सौभाग्य ठुलो सङ्ख्यामा विदेशमा भएकाले तत्काल बंगलादेशको अवस्था आउन छैन । तर यस्तै रहे कुनै दिन हुनसक्छ ।’