अर्थ मन्त्रालयका सह-सचिवहरुको जिम्मेवारी हेरफेर

काठमाण्डु टुडे २०८१ साउन २८ गते १९:५७ मा प्रकाशित

काठमाण्डु, २८ साउन– अर्थमन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको छ ।

बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी श्रीकृष्ण नेपाललाई दिइएको छ । नेपाल यसअघि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख थिए ।

अन्तर्राष्ट्रिय समन्वय महाशाखामा धनीराम शर्मालाई ल्याइएको छ । शर्मा यसअघि राजश्व महाशाखामा थिए । राजश्व महाशाखामा भने नयाँ सहसचिव तोकिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us