अर्थमन्त्री पौडेल र भारतीय विदेशसचिव मिस्रीबिच भेटवार्ता

काठमाण्डु टुडे २०८१ साउन २८ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, २८ साउन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज सोमबार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबिच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबिचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाण्डु आइपुगेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्माओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।

अफ्नो भ्रमण पुरा गरेर उनी आजै स्वदेश फर्किँने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us