काठमाण्डु, २८ साउन– धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ खानेपानी महसुल वृद्धिको निर्णयबाट पछि हटेका छन् ।
१० दलका प्रतिनिधि र साम्पाङबीच राति अबेरसम्म भएको वार्तामा उनी महसुल वृद्धिको निर्णयबाट पछि हट्न तयार भएका हुन् । वार्तामा तीन बुँदे सहमति भएसँगै साम्पाङले निाणर््य फिर्ता लिने बताएका छन् ।
महसुल वृद्धिको निर्णय फिर्ता लिने, खानेपानी बोर्डको खर्च र आम्दानीको विवरण एक साताभित्र सार्वजनिक गर्ने तथा उच्च अदालतको आदेशअनुसार बोर्ड सञ्चालक समितिलाई पूर्णता दिने सहमति भएको छ ।
सहमतिसँगै महसुल वृद्धिविरुद्ध आन्दोलनरत स्थानीय र उपभोक्ताले गर्दै आएको आन्दोलन पनि रोकिएको छ ।