स्वास्थ्य बीमा रकम ५ लाख रुपैयाँ बनाउन प्रस्ताव

काठमाण्डु टुडे २०८१ साउन २७ गते १७:४६ मा प्रकाशित

काठमाण्डु, २७ साउन– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ पु–याउन प्रस्ताव गरेका छन । आज आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताएका हुन ।

उनले सरकारले स्वास्थ्य बीमाको उपचार एक लाखबाट बढाउन प्रस्ताव गरेका हुन । उनले आमा सुरक्षा कार्यक्रम, सरकारले दिने ८ वटा रोगको उपचार खर्च, विभिन्न खाद्य पदार्थमा सुगर कर लगाएर बीमा रकमको स्रोत सुनिश्चित गर्ने बताएका छन ।

मन्त्री पौडेलले विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य बीमा सेवा उपचार एकद्वार बनाउनु पर्ने पनि बताएका छन । पछिल्लो समय स्वास्थ्य बीमामा २८ प्रतिशत जनसङ्ख्या आबद्ध रहेकोमा नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us