बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाण्डु टुडे २०८१ साउन २७ गते १७:०० मा प्रकाशित

काठमाण्डु, २७ साउन– काठमाण्डु जिल्ला अदालतले बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाण्डुले झासँग बयान लिइसकेको छ । उनी असार १४ मा पक्राउ परेका हुन् । काठमाण्डु महानगरपालिका–१० बानेश्वर बस्ने झाले वीरगन्ज उप–महानगरपालिका–७ ठेगाना उल्लेख गरेर नागरिकता बनाएको भेटिएको छ ।

उनको साथमा फेला परेको आधार कार्डको अधिकारिकताबारे प्रहरीले भारतमा पत्राचार गरेको छ ।नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको घटनामा आफ्नो संलग्नताबारे उनले ‘इन्कार’ गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us