काठमाण्डु, २७ साउन– राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । आज आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनिकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताएका छन्।Դहिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनिकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’, राष्ट्रपति पौडेलले भारतीय विदेश सचिव मिस्रीसँग गरेको कुराकानी उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन ।
सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनिकरणको विषय दुवै देशका लागि चुनौति रहेकोले यसमा मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि उनले जानकारी दिएका छन ।