काठमाण्डु, २७ साउन– एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना हाइ प्रोफाइल जुवाडे पक्राउ परेका छन । गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बिर बहादुर राई र कलाकार पुरुषोत्तम शर्मासहित ११ जना रहेको प्रहरीले जानकारी दिएको छ ।
शर्मा टेलिसिरियल ‘सक्किगो निँ’ का कलाकार पनि हुन । प्रहरीले जुवा खालबाट १ लाख नगद बरामद गरेको छ । शनिबार पक्राउ गरेर प्रहरीले उनीहरूको बयान लिइसकेको छ ।
आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइने जिल्ला प्रहरी परिसर काठमाण्डुका एकजना अधिकृतले जानकारी दिएका छन ।
पक्राउ पर्नेहरुमा उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् । माधव थापा बिरामी रहेको अनुसन्धामा संलग्न ति अधिकृतले जानकारी दिएका छन ।