काठमाण्डु, २७ साउन– जसपा नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आजबाट सुरु भएको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन ।
बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारणा तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा छलफल हुने जसपा एक नेताले जानकारी दिएका छन ।
साथै एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे समेत बैठकमा छलफल हुने पनि ति नेताले जानकारी दिए ।
वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची रहेको छ । बैठक साउन ३० गतेसम्म चल्ने बताइएको छ ।