काठमाण्डु, २७ साउन– उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन ।
आज आइतबार ललितपुरमा राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन । उनले ०७२ को सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरूलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने पनि बताएका छन ।
उनले अहिले भएका अधिकार कसरी कार्यान्वयन गर्ने रु बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर लाग्नुपर्ने पनि जोड दिएका छन ।
प्राप्त अधिकारलाई उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा उनको जोड थियो । उपप्रधानमन्त्री सिंहले देशमा बेरोजगारीको समस्या जटिल बनेको बताए । अधिकारको कुरा मात्रै गर्ने तर जिम्मेवारी र दायित्व बिर्सिने प्रवृद्धि ठिक नभएको उनले बताएका छन ।