काठमाण्डु, २६ साउन– नेपाल, भारत र बंगलादेशको त्रिदेशीय व्यापारीक नाका फूलबारी–बङ्गलाबन्ध नाका खुलेको छ । नाका खुला भएसँग बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।
पूर्वी नाका काँकडभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए ।
‘बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ,’ उनले भने।
कार्यालयका अनुसार गत आव २०८०÷८१ मा ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात हुँदा तीन अर्ब ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो ।