केपी ओली प्रधानमन्त्री नियुक्त

काठमाण्डु टुडे २०८१ असार ३० गते १८:०१ मा प्रकाशित

काठमाण्डु, ३० असार– एमाले अध्यक्ष केपी ओली चौथोपटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार साँझ ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेर पदमुक्त भएकै दिन शुक्रबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

ओलीले काँग्रेस र एमालेसहित केही मधेसवादी दलका १ सय ६६ सांसदको समर्थनमा राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा सोही दिन राति दाबी पेस गरेका थिए ।

यसैबीत नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिनेछन् ।

ओलीले सोमबारै आफ्नो दल एमाले र काँग्रेसबाट मन्त्री नियुक्त गरी मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us