तीनवटै सुरक्षा प्रमुखलाई खुमलटार बोलाएर प्रचण्डले के भने ?

काठमाण्डु टुडे २०८१ असार ३० गते १३:५१ मा प्रकाशित

काठमाण्डु, ३० असार–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर–२१ सिमलतालस्थित सडकबाट

पहिरोमा पररेर त्रिशूली नदीमा दुईवटा बससँगै हराइरहेका यात्रुको खोजीमा तीव्रता दिन तीनवटै सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले सोमबार नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई खुमलटारस्थित निवासमा बोलाएर हराइरहेका यात्रुको खोजीलाई तीव्रता दिन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले बस दुर्घटनापछि जारी खोजीकार्य र पछिल्लो अवस्थाबारे सुरक्षा प्रमुखहरुबाट जानकारीसमेत लिएका थिए । सबै उपायहरूको अबलम्बन गरेर हराइरहेकाहरूको खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका थिए ।
उक्त अवसरमा उनले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए ।

देशको राजनीतिक परिस्थितिमा हेरफेर आएको भए पनि स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न उनले आग्रह गरे । प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेपछि उनी शुक्रबार पदमुक्त भएका थिए । तर, नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्मका लागि राष्ट्रपति रामचन्द्र पौडेलले प्रचण्डलाई नै कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us