त्रिशुलीमा बससंगै बेपत्ता दुई जनाको शव नारायणीमा भेटियो

काठमाण्डु टुडे २०८१ असार २९ गते २१:१७ मा प्रकाशित

चितवन, २९ असार-  चितवनको भरतपुर-२९ सिमलतालमा शुक्रबार बिहान दुईवटा बस पहिरोमा परेर त्रिशुलीमा बेपत्ता यात्रुमध्ये थप दुई शव फेला परेको छ ।                                                        नवलपुरको गैंडाकोटस्थित नारायणी नदी किनारमा भेटिएक दुईमध्ये एउटा शवको सनाखत भएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सर्लाही बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमित कुशर माझीको सनाखत भएको जानकारी दिए ।

मृतता बुवा  रविन्द्र कुशर माझीले शव पहिचान गरेको यादवले बताए । माझी काठमाण्डुबाट रोतहटको गौर जाँदै गरेको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको गणपति बसमा सवार रहेको बताइएको छ ।            अर्को शवको भने सनाखत हुन बॅाकी छ । यसअघि शनिबार बिहान चितवन-२८ स्थित नारायणी नदीमा एउटा शव भेटिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us