काठमाण्डू, २८ असार- एमाले अध्यक्ष केशी ओलीले शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।
त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएसँगै पदमुक्त भएका थिए । सभामुखले प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएको पत्र शीतलनिवास पठाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार आइतबार साँझ ५ बजेसम्मको समयसीमा तोकेर प्रधानमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका थिए । तर, ओलीले हतारहतार प्रधानमन्त्रीमा दाबी पेश गरे ।
ओलीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।