नयाँ प्रधानमन्त्री नआउँदै प्रचण्डले छाडे बालुवाटार, खुमलटारमा स्थानीयद्वारा भव्य स्वागत (तस्बिरहरु)

काठमाण्डु टुडे २०८१ असार २८ गते २१:१७ मा प्रकाशित

काठमाण्डु, २८ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नै सरकारी निवास बालुवाटार छाडेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेर पदमुक्त भएको केही घण्टामै उनले सरकारी निवास छाडे । सम्भवतः नयाँ प्रधानमन्त्रीको नियुक्तिअघि नै सरकारी निवास छाड्ने उनी पहिलो प्रधानमन्त्री हुन् ।

प्रचण्ड शुक्रबारै ललितपुरको खुमलटारस्थित निजी निवास सरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्मका लागि प्रचण्ड नेतृत्वकै मन्त्रिपरिषद्लाई कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकेका छन् ।

प्रचण्ड विश्वासको मत पाउन नसकेपछि सिधै शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका थिए । प्रचण्डलाई खुमलटारमा स्थानीयले बाजागाजासहित भव्य स्वागत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us