ओलीलाई प्रधानमन्त्री बनाउन देउवाले गरे हस्ताक्षर

काठमाण्डु टुडे २०८१ असार २८ गते २१:०० मा प्रकाशित

काठमाण्डु, २८ असार–काँग्रेस र एमालेबीच नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने पत्रमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले बानेश्वरस्थित संसद् भवनमा शुक्रबार हस्ताक्षर गरेका हुन् ।

एमाले सांसद सूर्य थापाले ओली र देउवाले दाबी पेश गर्ने पत्रमा हस्ताक्षर गरेको जानकारी दिए । राष्टपतिले दाबी पेश गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन् । काँग्रेसएमालेबीच गत १७ असारको मध्यरातमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

सहमतिमा पहिलो चरणमा ओली र दोश्रो चरणमा देउवा प्रधानमन्त्री बन्ने उल्लेख रहेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेर पदमुक्त भएपछि राष्ट्रपतिले पौडेलले संविधानको धारा ७६ उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us