काठमाण्डु, २५ असार– रास्वपाका सांसद हरि ढकालले कांग्रेस–एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाएका छन ।
उनले नयाँ सरकार आउँदै छ भनेर कांग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरूलाई असहयोग गर भनेर भनेको दाबी गरेका छन ।
आज मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढकालले यस्तो बताएका हुन । उनले भुटानी शरणार्थीको फाइल खोल्ने र दोषीलाई पक्राउ गर्ने काम सरकारले गर्न सुरु गरेपछि नयाँ सत्तासमीकरण बनाएको पनि बताएका छन ।
उनले भने, ‘हामी आउँदैछौं भनेर कर्मचारीहरूलाई यो विपद्को बेलामा असहयोग गर्न राहत र उद्धार गर्नुपर्ने बेलामा यो विपद्को घडीमा पनि हामी आउँदैछौं असहयोग गर भनेर सिंहदरबारलाई मसानघाट जस्तै बनाइएको छ ।
यो चाहिँ कुन चरित्र हो रु कुन शैली र संस्कारको राजनीतिको रु यही बिचमा फाइल खोल, फाइल खोलको आवाज गुञ्जायमान हुँदै गर्दा भुटानी शरणार्थीको फाइल खुलेर बेचैन झा समातिने बित्तिकै समीकरणनै फेरबदल किन ? ’