काठमाण्डु, २५ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । दाँत दुख्ने समस्याले सताएपछि अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकालेका थिए ।
सोही कारण मंगलबारका लागि तय भएको एमाले सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित गरीएको एमालेका एक नेताले जानकारी दिएका छन ।
ओलीको सचिवालयले भन्यो, ‘अध्यक्षज्यूलाई दाँतले दुः ख दिएको थियो । त्यो दाँत सोमबार निकालिएको छ’, ‘आजको बैठकमा बोल्दा थप समस्या हुनसक्छ भनेर बैठक बुधबारलाई सारिएको हो ।’ उनी अहिले निवासमै आरामरत रहेको बताइएको छ ।