काठमाण्डु, २५ असार– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको सबै पदीय जिम्मेवारीबाट निष्कासन गरेको छ ।
मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको एक नेताले जानकारी दिएका छन ।