काठमाण्डु, २५ असार– रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । मृत्यु हुनेमा सिस्ने गाउँपालिका–१ का ११ वर्षीय सरगम बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।
सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका–१ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले जानकारी दिएका छन । उनीहरूलाई उपचारका लागि रुकुमकोट पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।