कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिए प्रधानमन्त्रीको पनि हित हुन्छ: एमाले सचिव भट्टराई

काठमाण्डु टुडे २०८१ असार २४ गते १८:१६ मा प्रकाशित

काठमाण्डु, २४ असार– एमाले सचिव एवं सांसद योगेश भट्टराईले कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हित हुने दाबी गरेका छन ।

उनले शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै हितका लागि पनि प्रधानमन्त्री प्रचण्डले दुई ठुला दलबिचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको पनि बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठक पछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव भट्टराईले यस्तो बताएका हुन ।

उनले माओवादी केन्द्रलाई साथमा लिएर आफूहरूले सर्वसम्मतिको बाटोबाट संविधान संशोधन कार्य अघि बढाउने पनि बताएका छन । उनले भने, ‘ कांग्रेस–एमालेबिचको सहकार्यविना संविधान संशोधनको काम सहज नहुने भएकाले पनि संविधानलाई सही ढंगले अघि बढाउन माओवादी केन्द्रले पनि संविधान संशोधनका बाटोमा आफूहरूलाई साथ दिने तर्क गरेका छन ।

पूर्व मन्त्री समेत रहेका भट्टराईले नयाँ सत्ता समीकरणसँग टाढिएर प्रधानमन्त्री प्रचण्डले अन्यत्रैबाट अघि बढ्ने बाटो नभएको दाबी समेत गरे ।

उनले प्रधानमन्त्री प्रचण्ड अहिले रिसाएको अवस्थामा रहेकाले आफूहरूले जिस्क्याउन नचाहेको पनि बताएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us